पर्यटन क्षेत्रमा लगानी भित्र्याउँछौँ : मुख्यमन्त्री शाह | Khabarhub Khabarhub

पर्यटन क्षेत्रमा लगानी भित्र्याउँछौँ : मुख्यमन्त्री शाह


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशमा लगानी भित्र्याउन आफ्नो सरकार केन्द्रित हुने बताएका छन् ।

आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार (नयाँ रुट) को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले पर्यटनलाई स्मृति र विकासको आधार मानेर प्रदेश सरकारले आगामी योजना ल्याउने जानकारी दिए ।

उनले सुदूरपश्चिमको समग्र विकासका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको र त्यसका लागि निजी क्षेत्रसँगसमेत समन्वय गरेर अघि बढ्ने बताए । सो कार्यक्रममा मुख्यमन्त्री शाहसँगै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको पनि सहभागिता थियो । प्रवेशद्वार उद्घाटनपछि मुख्यमन्त्री शाहसँगै मन्त्रीहरुले पनि निकुञ्जको अवलोकन भ्रमणसमेत गरेका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रबाटसमेत प्रवेशका लागि बेल्डाँडीको इमलियाबाट नयाँ रुट सञ्चालनमा ल्याइएको हो । सो रुटका लागि सङ्घीय सरकारले यसअघि नै निर्णय गरेको थियो ।

नयाँ रुटअन्तर्गत बेल्डाँडी क्षेत्रमा भएर बग्ने चौधर नदीमा काठको पुल निर्माण गरी शुक्लाफाँटाभित्र डेढ किलोमिटर सडक खोलिएको छ । उक्त नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको बेल्डाँडी गाउँपालिकाले जनाएको छ ।

विश्वमै दुलर्भ बाह्रसिङ्गाको ठूलो झुण्ड अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित शुक्लाफाँटा प्रवेशका लागि यहाँको मझगाउँमा एउटा मात्रै प्रवेशद्वार थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ३७ बजे

‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई

काठमाडौं– यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा

फापरले गाँसेको टुकुचे–तोगा मितेरी साइनो

झुप्पामा फूल्छन् फापरका फूल । ठाउँ र जातअनुसार बदलिन्छन् फापरका

फापरखेतीमा कृषकको आकर्षण बढ्दो

मुगु– यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

मेची खोलामा डुबेर पुरुषको मृत्यु

भद्रपुर– यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन्