पर्यटन क्षेत्रमा लगानी भित्र्याउँछौँ : मुख्यमन्त्री शाह « Khabarhub

पर्यटन क्षेत्रमा लगानी भित्र्याउँछौँ : मुख्यमन्त्री शाह


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशमा लगानी भित्र्याउन आफ्नो सरकार केन्द्रित हुने बताएका छन् ।

आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार (नयाँ रुट) को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले पर्यटनलाई स्मृति र विकासको आधार मानेर प्रदेश सरकारले आगामी योजना ल्याउने जानकारी दिए ।

उनले सुदूरपश्चिमको समग्र विकासका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको र त्यसका लागि निजी क्षेत्रसँगसमेत समन्वय गरेर अघि बढ्ने बताए । सो कार्यक्रममा मुख्यमन्त्री शाहसँगै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको पनि सहभागिता थियो । प्रवेशद्वार उद्घाटनपछि मुख्यमन्त्री शाहसँगै मन्त्रीहरुले पनि निकुञ्जको अवलोकन भ्रमणसमेत गरेका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रबाटसमेत प्रवेशका लागि बेल्डाँडीको इमलियाबाट नयाँ रुट सञ्चालनमा ल्याइएको हो । सो रुटका लागि सङ्घीय सरकारले यसअघि नै निर्णय गरेको थियो ।

नयाँ रुटअन्तर्गत बेल्डाँडी क्षेत्रमा भएर बग्ने चौधर नदीमा काठको पुल निर्माण गरी शुक्लाफाँटाभित्र डेढ किलोमिटर सडक खोलिएको छ । उक्त नदीमा पुल निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको बेल्डाँडी गाउँपालिकाले जनाएको छ ।

विश्वमै दुलर्भ बाह्रसिङ्गाको ठूलो झुण्ड अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित शुक्लाफाँटा प्रवेशका लागि यहाँको मझगाउँमा एउटा मात्रै प्रवेशद्वार थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ३७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५