प्रधानमन्त्री प्रचण्डलाई भेट्न मिटरब्याज पीडित बालुवाटारमा  « Khabarhub

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मिटरब्याज पीडित बालुवाटारमा 


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न मिटरब्याज पीडितहरू बालुवाटार पुगेका छन्।

मिटरब्याजीको विरोधमा तराई विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर गत आइतबार काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले एक सातापछि समस्या समाधानबारे छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

यसअघि बालुवाटार जाने क्रममा उनीहरुलाई प्रहरीले टंगालमै रोकेपछि सडकमै धर्ना दिएका थिए । त्यसपछि सरकारले वार्ता समिति गठन गरेको थियो । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे आज बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन्। उनीहरूले गृह मन्त्रालयको वार्ता टोलीसँग हिजो र अस्ति छलफल गरे पनि कुनै सहमति जुट्न सकेन ।

माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने बताएका पीडितले माग सम्बोधन नभएसम्म गाउँ नफर्किने बताएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : २० बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु