काव्य गोष्ठीमा सांस्कृतिक रूपान्तरणका कविता प्रस्तुत | Khabarhub Khabarhub

काव्य गोष्ठीमा सांस्कृतिक रूपान्तरणका कविता प्रस्तुत


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभ प्रभात काव्य गोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रूपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ ।

गोष्ठीमा डा. रमेश शुभेच्छु, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए ।

वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा. शुभेच्छुले कविताले राजनीतिक र सामाजिक क्षेत्रका विकृतिमाथि प्रहार गर्दै सुसङ्गत समय र समाजको परिकल्पना गरेको बताए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै प्रज्ञा सभा सदस्यमा नियुक्त नागार्जुनका संस्थापक सदस्य चेतनाथ धमलालाई संस्थाका अध्यक्ष दिल पौडेलले बधाई दिए ।

नागार्जुनले लोकतान्त्रिक आन्दोलनका समयमा सडक कविता कार्यक्रमका रूपमा हरेक महिना शुभ प्रभात काव्य गोष्ठीको थालनी गरेको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ३५ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको