एक सय १० जनाले गरे रक्तदान « Khabarhub

एक सय १० जनाले गरे रक्तदान


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत् रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ९४ पुरुष र १६ महिलाले रक्तदान गरेका हुन् ।

तीमध्ये ३० जना नयाँ रक्तदाता रहेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । रेडियो अन्नपूर्णले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाल बैंक लिमिटेड, पोखरा इन्टरनेट प्रालि, ब्रिज सिमेन्ट प्रालिलगायत सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहकार्य रहेको रेडियोका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले बताए ।

उनले मानिसहरूको भावनामा सकारात्मक परिवर्तन ल्याउन रेडियोले रक्तदान कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरे। सोही अवसरमा आत्महत्या रोकथामसम्बन्धी कोशिस नेपालले आयोजना गरेको टिकटक प्रतियोगिताका विजेता अनिशा अधिकारी, लक्ष्मी खत्री र प्रतिमा पौडेललाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १० : ४५ बजे

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र