स्वास्थ्यमा सुधार भएपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता « Khabarhub

स्वास्थ्यमा सुधार भएपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आइतबार राति नेपाल फर्किएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई उपचाररत रहनु भएकोमा अस्पतालबाट डिस्चार्ज भई आज नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फिर्ता हुनुभयो ।’

उनी स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गते भारत गएका हुन्। उनको भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको हो।

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : ०९ बजे

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई

‘बालेन पाँचै वर्ष प्रधानमन्त्री, सभापतिले पार्टी चलाउनुहुन्छ’

काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन्

दक्षिण एशियामा कोइलामा निर्भरता, प्रदूषण र स्वास्थ्य जोखिम बढ्दै

एजेन्सी– इरानमा भएको युद्धका कारण तेल र ग्यास आपूर्ति बाधित

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– जनकपुरमा चैते छठको तेस्रो दिन आज मंगलबार अस्ताउँदो सूर्यलाई

सुन्दरताको परिभाषा बदल्दै मनिषा

काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ