एसीसी प्रिमियम कपको फाइनलमा नेपाल र युएई भिड्दै « Khabarhub

एसीसी प्रिमियम कपको फाइनलमा नेपाल र युएई भिड्दै


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बिहान ९ बजे भिड्दैछन् ।

शनिवार भएको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल फाइनलमा आएको हो भने युएई ओमानलाई हराउँदै यहाँसम्म आइपुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्द भए पछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवारको झैँ वर्षा भएमा आइसीसीको ओडिआई वरियतामा १४औं स्थानमा रहेको नेपाल र १९औं स्थानको रहेको युएई बिचको खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : २७ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल