नेपाली डकुमेन्ट्री को-हजवेन्डलाई १ करोड ३० लाख राशिको पुरस्कार « Khabarhub

नेपाली डकुमेन्ट्री को-हजवेन्डलाई १ करोड ३० लाख राशिको पुरस्कार


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री को–हजबेण्डले एक करोड ३० लाख राशिको पुरस्कार जितेको छ ।

जापानको क्युशु शहरमा भएको पाँचौँ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा सो पुरस्कार जीत हासिल भएको हो ।

‘आजको दिनलाई मैले मेरो करिअरकै सबैभन्दा ठुलो उपलब्धिमूलक दिनका रुपमा लिएको छु । मेरो डकुमेन्ट्री फिल्म को–हजबेण्डले आज जापान र क्यानडामा एकैसाथ अवार्ड जितेको छ,’ पाण्डेले फेसबुकमा लेखेका छन्, ‘जापानको क्युशु शहरमा भएको पाँचौँ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा एक हजार डलर नगदको ब्रोन्ज अवार्डसहित मैले एक लाख डलर (एक करोड ३० लाख नेपाली रुपैयाँ) बराबरको फिल्म फण्डिड पनि जितेको छु।’ उनका अनुसार सो पुरस्कार अब बनाउने डकुमेन्ट्री फिल्मका लागि प्राप्त भएको हो ।

‘नेपाली डकुमेन्ट्री फिल्मले एक लाख डलरको फण्डिङ प्राप्त गर्नु नेपाल र नेपालीका लागि पनि निकै सुखद खबर हो’ उनले अगाडि लेखेका छन्, ‘आज को–हजबेण्ड निर्माणका क्रममा पटक पटक गरी हुम्ला जिल्लामा बिताएको दुई महिने कठिन दिनलाई सम्झेको छु । को–हजबेण्ड निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुने सबैमा हार्दिक धन्यवाद ।’

यसैगरी, क्यानडाको गेटवे फिल्म महोत्सवमा पनि आज नै को–हजबेण्डले प्रथम पुरस्कार अर्थात् वेस्ट डकुमेन्ट्री फिल्म जितेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : १० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित