रवि सरकारमा आए भ्रष्टाचारका फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

रवि सरकारमा आए भ्रष्टाचारका फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड 


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।

प्रेस सेन्टरले चितवनमा आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका हुन्।

‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।  सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रचण्डको भनाइ छ।

रविले आइतबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका थिए । त्यस क्रममा उनले पहिले पाएका मन्त्रालय पाउनुपर्ने, न्यूनतम साझा कार्यक्रमबाट हटाइएको भ्रष्टाचारको फाइल खोल्ने बुँदा समेट्नुपर्ने र स्थिर सरकार हुनुपर्ने सर्त अघि सारेका थिए।

प्रधानमन्त्री प्रचण्ड रविले रोजेकै मन्त्रालय दिन तयार भएका छन् । यसअघि रविले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । नागरिकता खारेज भएपछि उनको पद गुमेको थियो । हाल पुनः प्रक्रिया सुरु गरेर उनले नागरिकता लिई उपनिर्वाचनमार्फत पुनः निर्वाचित भएर आइसकेका छन्।

प्रचण्डले आज चितवनमा आफ्नो सरकार पाँचै वर्ष टिक्ने जिकिर गर्दै हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ४३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको