एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध « Khabarhub

एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध पारेको छ।

काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर मात्र ६० रन जोडेको छ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । आज खेल हुन नसके भोलि रिर्जभ डेको व्यवस्था गरिएको छ ।

भोलि पनि खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ५१ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल