प्रधानमन्त्रीले भने- महावीर पुनसँग आजै सहमति हुन्छ « Khabarhub

प्रधानमन्त्रीले भने- महावीर पुनसँग आजै सहमति हुन्छ


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सहमति हुने बताएका छन् ।

आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने माग गर्दै पुन चार दिनदेखि मातीघरमा धर्ना बसेका छन्।

सरकारले आइतबार वार्ता थालेको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले चितवनमा पत्रकारसँग लिखित सहमतिको तयारी रहेको सुनाए।

यसअघि आफूसँग भएको भेटमा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भनेर हास्दै निस्किएको प्रचण्डले सुनाएका छन् ।

आफूले बस्नुस भन्न नमिल्ने तर बस्दा रकम छुट्याउन मद्दत नै हुन्छ भनेको पनि प्रचण्ड बताए । ‘करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु।’उनले भनेका छन् ।

महावीरको माग सम्बोधन गर्न सरकार तयार भइसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : २२ बजे

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो