मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् : प्रदेश प्रमुख शर्मा « Khabarhub

मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् : प्रदेश प्रमुख शर्मा


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको अन्तराष्ट्रिय मजदुर दिवसले संसारभरका सम्पूर्ण श्रमजीवीलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आज मनाइँदै गरिएको १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक सङ्घर्षमार्फत मजदुरले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने गरिएको बताएका छन् ।

नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश निर्माणका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका छन् ।

‘हाम्रो देश नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकको अमूल्य योगदान रहेको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ ।’

प्रमुख शर्माले शुभकामना सन्देशमा श्रमिकका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । सन्देशमा भनिएको छ, ‘आज यो दिवस मनाइरहँदा श्रमिकका लागि अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, क्षमताबमोजिम रोजगारीको ग्यारेन्टी, सामाजिक सुरक्षालगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ ।’

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ३७ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड