सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी « Khabarhub

सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ ।

सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् ।

उक्त दूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । 

यसअघि नै एक नेपाली सकुशल जेद्दा पुगेको र त्यहाँ आइपुगेका सबै नेपालीको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

कायरोस्थित नेपाली राजदूतावाससँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्‍याउने प्रयास भइरहेको, तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेका छन् । दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाइएको राजदूतावासले जानकारी गराएको छ ।

सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारमा आवश्यक सहयोग एवं सहजीकरण गर्ने सबै सम्बद्ध पक्षलाई नेपाल सरकारले धन्यवाद व्यक्त गरेको छ । साथै अझै पनि सुरक्षा अवस्था असहज रहेको बुझिएकाले सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममाबाहेक बाहिर हिँडडुल नगर्न नेपाल सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  २ : २७ बजे

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब