जैश–ए–मोहम्मद पेशावरमा खुलेआम पैसा संकलन गर्दै « Khabarhub

जैश–ए–मोहम्मद पेशावरमा खुलेआम पैसा संकलन गर्दै


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिबन्धित आतंकवादी समूह जैश–ए–मोहम्मदले पाकिस्तानको पेशावर सहरमा खुलेआम पैसा संकलन गर्ने गरेको पाइएको छ । यस संगठनले पेशावरमा प्रहरीकै सामुन्ने पैसा संकलन गर्ने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

शौकत अली कश्मीरीले ट्वीटमा लेखेका छन्, ‘पाकिस्तानको पेशावरमा प्रतिबन्धित आतंकवादी संगठन जैश–ए–मोहम्मदले खुलेआम पैसा संकलन गरिरहेको घटनाले अतिवादी समूहको सक्रियताबारे चिन्ता बढाएको छ । यो समूह धेरै आतंकवादी हमलाहरूको लागि जिम्मेवार छ ।’

पाकिस्तान र भारतका विभिन्न स्थानमा भएका आतंककारी आक्रमणमा यस समूहको संलग्नता रहेको बताइन्छ ।

यस्ता प्रतिबन्धित समूहले खुलेआम रकम जुटाउन सक्ने अवस्थाले आतंकवादी गतिविधिमाथि नियन्त्रण गर्ने पाकिस्तान सरकारको क्षमतामा प्रश्न खडा गरेको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ३८ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय