हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण « Khabarhub

हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लालगायत हिमाली जिल्लामा हात्तीपाइले रोगको परीक्षण गर्न थालिएको छ । जलवायु परिवर्तनसँगै हिमालको तापक्रम बढ्दै गएका कारण उच्च हिमाली जिल्लामा लामखुट्टे देखिन थालेपछि औलो र कालाजारका बिरामी भेटिन थालेका छन् ।

विकास सँगसँगै गाडीमा लामखुट्टे हिमाली जिल्लामा जान थालेपछि यहाँका जिल्लामा औलो फैलिन थालेको हो । पहिला तराई र पहाडका जिल्लामा देखिने हात्तीपाइले, औलो र कालाजार रोग जलवायु परिवर्तनका कारणले हिमाली जिल्लामा देखिन थालेको स्वास्थ्य क्षेत्रका जानकारहरूले बताएका छन् ।

जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको छ । नेपाल सरकार स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, मकवानपुरले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

जिल्लाको कनकासुन्दरी गाउँपालिकास्थित कालिका आधार विद्यालय हाँटसिञ्जा र पाण्डवगुफा माध्यमिक विद्यालयका ३२ विद्यार्थीको एन्टिजेन परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको छ । मालिका आधारभूत गतिखोला र माध्यामिक विद्यालय बुढुचौताराका विद्यार्थीमा पनि परीक्षण गर्ने तयारी गरिएको कानकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जङ्गलाल बुढाले बताए। यहाँका ३२ सामुदायिक विद्यालयका चार सय ८० बालबालिकामा हात्तीपाइले रोग परीक्षण गर्न थालिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : १२ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले