‘भारत भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छ’ « Khabarhub

‘भारत भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छ’


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

नयाँदिल्लीस्थित नेपाली दूतावासले आफ्नो सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रममा प्रचण्डले आफ्नो भ्रमण आपसी विश्वासका लागि सद्भावना अभिवृद्धि गर्न र दुई देशको हितमा केन्द्रित रहने बताएका हुन्।

नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरको सम्बन्ध रहेको दोहोर्‍याउँदै उनले यो अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने पनि जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपालीहरुलाई भारतमा सिकेको सीप तथा ज्ञानलाई स्वदेश फर्केर समृद्धिका लागि जुट्न आह्वानसमेत गरेका छन्।

सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन पनि उनले आग्रह गरे।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ४५ बजे

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते