‘द केरल स्टोरी’ हिटलरको पालामा जस्तै : नसुरुद्धिन  « Khabarhub

‘द केरल स्टोरी’ हिटलरको पालामा जस्तै : नसुरुद्धिन 


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाइरहेको छ। यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ।

तर, कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेर्छन्। उनी भन्छन्, म यो फिल्म हेर्न चाहन्न। यत्रो ‘अफवाह’, भीडका कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो।

नसुरुद्दीन शाहले यस खाले प्रवृत्तिलाई जर्मनीको नाजीवादसँग जोडेका छन्। हिटलरको पालामा सरकार वा नेताहरूले फिल्म निर्मातालाई आफ्नोबारे फिल्म बनाउन लगाउने र त्यस फिल्मले सरकारले गरेको कामको प्रशंसा गर्ने गरेको उनी सम्झन्छन्। जसकाकारण राम्रा धेरै फिल्म मेकरहरु जर्मनी छोडेर हलिउड गए। उनका अनुसार अहिले भारतमा पनि हिटलरको समयकालको याद गराउने गरी सिनेमा निर्माणको काम सुरु भएको छ।

अभिनेता कमल हसन र कोलकाताका फिल्ममेकर अनिक चौधरीले पनि यसलाई ‘प्रोपगाण्डा फिल्म’ भनेका छन्, जसका कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ।

अदा शर्मा स्टारर फिल्म  ‘द केरला स्टोरी’ कथा बलियो भएकाले रिलिज अघि नै चर्चामा आयो। रिलिज भएको केही साता बितिसक्दा पनि यो चलचित्रलाई लिएर विभिन्न किसिमका बहस जारी छन्। तर, विवादका बाबजुद पनि यो फिल्मलाई दर्शकले रुचाइरहेका छन्।

धेरैले यो फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ३४ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको