कतारमा चर्को घाममा श्रमिकले काम गर्न नपर्ने   « Khabarhub

कतारमा चर्को घाममा श्रमिकले काम गर्न नपर्ने  



दोहा – खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्षको गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ।

खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा बिहीबार अर्थात् आज जुन १ देखि सेप्टेम्बर १५ तारिख सम्मका लागि काम गर्ने समयसीमा तोकेको हो। खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नु पर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ।

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्मका लागि काम बन्द गर्नु पर्नेछ। साथै कार्य समय तालिकाको सूचना पत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनु पर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भनेको छ, ‘नयाँ निर्णयले तातो हावाको जोखिम कम गर्न मद्दत गर्दछ जुन कामदारहरूले सामना गर्न सक्दछन्, र गर्मी अवधिमा लागू हुने स्वास्थ्य र सुरक्षा योजनाहरूलाई समर्थन गर्दछ।’ नियम उल्लघंन गर्ने कम्पनीविरुद्ध कडा कारबाहीको चेतावनी समेत दिइएको छ।

गर्मीको समयमा कामदारहरूलाई जोखिमबाट जोगाउन आवश्यक सावधानीहरू सम्बन्धी २०२१ को मन्त्रिस्तरीय संकल्प १७ बमोजिम प्रतिबन्ध लागू गरिएको हो।

लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ। कतारमा विभिन्न क्षेत्रमा गरी ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन्। ती मध्ये ११ हजार ९० जना महिला कामदारहरू हुन्।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ५८ बजे

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध