उपप्रमुखमाथि कार्यकक्षमै आक्रमण प्रयास « Khabarhub

उपप्रमुखमाथि कार्यकक्षमै आक्रमण प्रयास


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । गौशाला–२ निगौलस्थित निर्माणाधीन धर्मशालाको विषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणु कुमारी महतोमाथि कार्यकक्षमै आक्रमण प्रयास भएको हो  ।

नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले निजी जग्गा भएको भन्दै दाबी गरेपछि न्यायिक समितिकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालालाई बोलाएर मंगलबार बेलुका छलफल अगाडि बढाएकी थिइन् । छलफलकै क्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै उपमेयरलाई नै हातपात प्रयास गरेको आरोप लागेको छ ।

उपमेयर महतोले श्यामसुन्दर मण्डलले विषयवस्तुलाई विषयान्तर गरि सुनियोजित ढंगले आक्रमण प्रयास गरेको बताइन् । उनका अनुसार उपमेयरका सहयोगी तथा श्रीमान दिपेन्द्र महतोलाई विवादकै क्रममा अध्यक्ष मण्डलले धक्कामुक्का गर्दा सामान्य घाइते भएको बताइएको छ । उनको हातमा सामान्य चोट लागेको छ । ज्यान मार्ने धम्की समेत दिएको उनको भनाइ छ ।

अध्यक्ष मण्डलले उपमेयर महतोलाई समेत धम्की दिएको प्रत्यक्षदर्शीले बताए । घटनास्थललाई नजिक रहेका स्थानीय बलराम सापकोटाले उपमेयरको कार्यकक्षमा अमर्यादित गाली  बेइज्जतीका काम भएको बताए ।

वडा अध्यक्ष  श्यामसुन्दर मण्डलले भने उपमेयरका श्रीमानले नै आक्रमणको प्रयास गरेको बताएका छन् । अध्यक्ष मण्डलले उपमेयरसँग कुरा गरिरहेको वेला सामान्य विवाद भएको बताए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : ४८ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले