सुदूरपश्चिम प्रदेशसभा : गेटा मेडिकल कलेज सञ्चालन गर्न ध्यानाकर्षण « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : गेटा मेडिकल कलेज सञ्चालन गर्न ध्यानाकर्षण


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभाका सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरिष्दले केही महिनाअघि गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरे पनि यसविपरीत सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रममा उक्त कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा आएको भन्दै आपत्ति जनाए ।

सदस्यले मल बीउबिजनको समयमै व्यवस्थापन गर्न, कारागारको क्षमता बढाउन, मुक्तकमैयाको उचित बसोबासको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । शून्य समयमा प्रकाश बम, अक्कलबहादुर रावल, शिवसिंह ओली, इन्दिरा गिरी, धर्मराज पाठकले आफ्ना धारणा राखेका थिए । बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : ४३ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित