त्यो समयका बेजोड बलिउड नायिका | Khabarhub Khabarhub

त्यो समयका बेजोड बलिउड नायिका


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

प्रियङ्का चोपडा र ऐश्वर्य रायको उदय भारतीय सिने जगतमा महत्त्वपूर्ण मानिन्छ। हो, त्यसै युग भन्दा अघि संसारकै आकर्षण बलिउडमा काजोलको प्रभाव यस्तो थियो कि नेपाल र भारतमा उनको चलचित्र हेर्नका लागि मरिहत्ते गर्नेको ठुलो जमात नै थियो। त्यसै युगमा स्टार काजोल माधुरी दीक्षित, रविना टण्डन, जुही चावला र करिश्मा कपुरको फ्यान सायद सबै तीर थिए।

अभिनेतामा खानको प्रभाव बढ्दो थियो। फिल्मी दुनियाँमा पछिल्लो समय प्रविधि प्रधान बनेको छ। त्यो समय भर्खरै पाश्चात्य प्रभावको सुरुवात थियो। सामाजिक परिवेशमा आधारित सामान्य एक्सन प्रधान चलचित्रको युग सकिइरहेको थियो। त्यसै समयमा उदाएका अभिनेत्रीको विशेषता भने फरक थियो। लामो कपाल, पारसेलीयन बनावट र आकर्षक अनुहार तीनका विशेषता थिए।

सन् १९९३ मा बाजीगरको सफलता त कुरै नगरौँ। अहिलेसम्म पनि बाजीगर पटक पटक हेर्नेको कमी छैन। साहरुख खान र काजोलको उचाईलाई भारतीय सिने उद्योगमा स्थापित गर्ने काम नै गरेको थियो।

यसैकीचमा उदाएकी काजोलको उदय भने सनसनी थियो। सन् १९९३ मा बाजीगरको सफलता त कुरै नगरौँ। अहिलेसम्म पनि बाजीगर पटक पटक हेर्नेको कमी छैन। साहरुख खान र काजोलको उचाईलाई भारतीय सिने उद्योगमा स्थापित गर्ने काम नै गरेको थियो। त्यसको दुई वर्षपछि नै यसै जोडीको दिलवाले दुलनीयाले जाएंगे प्रदर्शनमा आएपछि त यसले काजोललाई सर्वकालीन स्टारकै कोटीमा स्थापित गराएको थियो। सन् १९९७ गुप्त, १९९८ को दुस्मन र तीन अन्य रहस्यात्मक चलचित्रपछि उनलाई विश्वव्यापी रूपमा स्थापित गराएको थियो। त्यसै दशकमा आएको कुछकुछ होता हे अर्को सनसनी थियो।

बलिउडकी डान्सीङ क्विन माधुरी दीक्षितको उदय सन् १९९० को दिलबाट भएको थियो। त्यसपछि उनको अभिनयको क्षेत्र फराकिलो भएको थियो। सन् १९९२ मा इखालु गृहिणीको रूपमा उनले बेटामा अभिनय गरेकी थिइन्। सन् १९९३ मा खल नायकमा प्रहरी अधिकृत र त्यसपछिको वर्षमा बिधुवा श्रीमतीको रूपमा अन्जाममा उनको भूमिका थियो। हम अपको हे कौन, दिल तो पागल हे र मृत्यु दण्डले उनलाई सन् १९९० को दशकको अवधिमा स्थापित गराएको थियो।

थुप्रै विवादास्पद सम्बन्धका बाबजुद रविना टण्डन सन् १९९० मा सफल खेलाडीको रूपमा स्थापित गरेकी थिइन्। अक्षरकुमारसँगको रिलेसनसीप र करिश्मा कपुरसँगको सित युद्धका कारण उनी सधैँ चर्चामा थिइन्।

सुन्दरी प्रतियोगिताबाट चलचित्रमा प्रवेश गरेकी जुही चावलाको नृत्य र उनको कमेडी चलचित्रमा प्रवेशले उनका समर्थकलाई उत्साहित तुल्याएको थियो। सन् १९९३ मा हम हे रहे प्यारकामा अमिर खानसँगको उनको अभिनय र साहरुख खानसँगको डर दुई भिन्न धारका थिए। यी दुवैमा उनी उत्तिकै सफल थिइन्।

परम्परागत धारलाई भत्काउने क्रममा उनका तीन चलचित्र महत्त्वपूर्ण साबित भएका थिए। एस बोस, दिवाना मस्ताना र इस्क तीन वटै चलचित्र हिट भएका थिए। पन्जाबमा जन्मिएकी यी अभिनेत्री ९० को दशकमै कमेडी अभिनेत्रीको छवि बनाउन पनि सफल भएकी थिइन्।

थुप्रै विवादास्पद सम्बन्धका बाबजुद रविना टण्डन सन् १९९० मा सफल खेलाडीको रूपमा स्थापित गरेकी थिइन्। अक्षरकुमारसँगको रिलेसनसीप र करिश्मा कपुरसँगको सित युद्धका कारण उनी सधैँ चर्चामा थिइन्।

सन् १९९१ मा पत्थरका फुलमा फिल्म फेयर अवार्ड नै पाएकी उनका लागि अर्को ब्रेक थ्रु चलचित्र सन् १९९४ मा मोहरा थियो। त्यस सनसनीपूर्ण चलचित्रपछि उनी पनि कमेडी चलचित्रमा प्रवेश गरेकी थिइन्। सन् १९९४ मा अन्दाज अपना अपना र सन् १९९८मा दुलहे राजा र सन् १९९८ मा बडे मिया छोटे मिया सफल चलचित्रको रूपमा स्थापित भएका थिए।

सुन्दरी प्रतियोगिताबाट चलचित्रमा प्रवेश गरेकी जुही चावलाको नृत्य र उनको कमेडी चलचित्रमा प्रवेशले उनका समर्थकलाई उत्साहित तुल्याएको थियो।

पारिवारिक विरासतको रूपमा फिल्ममा प्रवेश गरेकी उनी १७ वर्षकै उमेरमा यस क्षेत्रमा प्रवेश गरेकी हुन्। सुरुवातमा सङ्घर्ष गरेकी उनले पछिल्लो समय कमेडी चलचित्रमार्फत सफलता पाएकी थिइन्। सन् १९९४ मा गोविन्दासँग राजा बाबु र त्यसको एक वर्षपछि सन् १९९५ मा कुल्ली नं १ मा सफल भएका थिए। उनका तीन परम्परागत फिल्म पनि सफल भए।

सन् १९९६ मा राजा हिन्दुस्तानी, १९९७ मा दिल तो पागल हे र सन् १९९९ मा हम साथ साथ हे उत्तिकै सफल थिए। यी फिल्मले नै उनलाई भारतको उत्कृष्ट अभिनेत्रीको कोटीमा राखेको हो। चकलेटी अनुहार र चञ्चले स्वरूपका कारण उनी धेरैका प्रिय थिइन्। त्यसो त सन् १९९० कै दशकमा अन्य नायिका स्टारको रूपमा नउदाएका होइनन्। अहिले पनि अनु अग्रवालको त्यो अबोध अनुहार सबैलाई याद छ। साङ्गीतिक चलचित्र आसीकी सन् १९९० को दशकको सफल चलचित्र मध्यकै हो। त्यसमा उनी र राहुल रायको अनुहारसँग आफूलाई कल्पना गर्ने युवा युवतीको ठुलो जमात नै थियो।

८० कै दशकमा फिल्म क्षेत्रमा प्रवेश गरेकी तब्बुलाई सन् १९९४ को विजय पथले नयाँ उचाई दिएको थियो। अस्तिभा र हेरा फेरी उनका अन्य सफल चलचित्र थिए। शिल्पा सेठ्ठी पनि काजोल जस्तै बाजीगरमा अत्यधिक सफल भइन्।

त्यसो त सबै भन्दा उत्कृष्ट र नायिका को ? भन्ने बहस समय समयमा नभएको होइन। पाँच उत्कृष्ट मानिएका मध्य माधुरी दीक्षित सन् १९८४ मै अबोध मार्फत रङ्ग दुनियाँमा प्रवेश गरेकी थिइन्। सन् १९८८ मा तेजाबमा अनिल कपुर र उनको जोडी त्यत्तिकै जमेको थियो। ९० को दशकमा भने दिलसँगै सन् १९९१ मा प्रदर्शनमा आएको साजन त्यत्तिकै हिट थियो।

रविना टण्डनले त पहिलो चलचित्रमा नै फिल्म फेयर अवार्ड पाएकी थिइन्। सन् १९९१ मा पत्थरका फूल मार्फत उनले सो अवार्ड पाएकी हुन्। सन् १९९० मै सोनाली बेन्द्रेको पनि कम चर्चा थिएन। उनले सन् १९९० मा नाराज मार्फत फिल्म फेयर अवार्ड पाएकी थिइन्। सन् १९९९ मा सरफारोस र डुप्लिकेटमा उनको त्यत्तिकै बेजोड अभिनय थियो। सन् १९९६ को दिल जले र सन् १९९८ को मेजर साब पनि सफल चलचित्र थिए।

सन् १९९५ मा राम गोपाल बर्माको फिल्म रङ्गिला अत्यधिक सफल भएको थियो। सोही चलचित्रले उर्मिला मातोंडकरलाई नयाँ उचाइ दिएको थियो। सन् १९९८ को सत्य त सफल भयो नै १९९९ को साइकोलोजीकल थ्रीलर कौन पनि हेर्न लायक फिल्म थियो।

फिल्म तत्कालीन समाजको प्रतिनिधित्व पनि हो। परम्परागत चलचित्र हिंसा र प्रेमका आधारित थिए। पछिल्लो दशक यसमा थ्रीलर फिल्मको प्रवेश भएको थियो। सबै भन्दा बढी थ्रिलर र परम्परा भत्किएको दशकको रूपमा सन् १९९० को दशकलाई लिइन्छ।

८० कै दशकमा फिल्म क्षेत्रमा प्रवेश गरेकी तब्बुलाई सन् १९९४ को विजय पथले नयाँ उचाई दिएको थियो। अस्तिभा र हेरा फेरी उनका अन्य सफल चलचित्र थिए। शिल्पा सेठ्ठी पनि काजोल जस्तै बाजीगरमा अत्यधिक सफल भइन्। फिल्मका छोटो भूमिका भए पनि त्यो यादगार थियो। सन् १९९४ मा रिलिज भएको मे खेलाडी तु अनाडी र २००० को धड्कनले पनि धेरैको मन जितेको थियो। यस दशकमा बनेको चलचित्र मध्ये धेरैले दिलवाले दुलनीयाले जांएगेलाई सबै भन्दा उत्कृष्ट मान्ने गरेका छन्।

फिल्म तत्कालीन समाजको प्रतिनिधित्व पनि हो। परम्परागत चलचित्र हिंसा र प्रेमका आधारित थिए। पछिल्लो दशक यसमा थ्रीलर फिल्मको प्रवेश भएको थियो। सबै भन्दा बढी थ्रिलर र परम्परा भत्किएको दशकको रूपमा सन् १९९० को दशकलाई लिइन्छ। यस कारण पनि त्यस दशकका नायिकाको अझै चर्चा गर्ने गरिन्छ।
स्रोत : एससीएपमी, इनोक्स मुभीज डटकम

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : ०० बजे

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना

देशमा चुनौती देखियो, कांग्रेस एकढिक्का हुने समय आयो : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देशमा देखिएको चुनौती

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो