पार्टी एकताका लागि पहल भइरहेको छ : प्रचण्ड « Khabarhub

पार्टी एकताका लागि पहल भइरहेको छ : प्रचण्ड


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल र पहल भइरहेको बताएका छन् ।

आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले एकताका लागि पहल भइरहेको बताए ।

उनले भने, ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ ।’

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका साथ देश निर्माणका लागि फेरि नयाँ फड्को मार्न जरूरी रहेको बताए ।

उनले भने, ‘माओवादी केन्द्रमा मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ, त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ। हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन ।’

उनले पूर्वमाओवादी शक्तिहरुसँग पनि पार्टी एकताका लागि छलफल जारी रहेको बताए ।

माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले माओवादीको पहलमा नै समाजवादी मोर्चा घोषणा गरिएको स्पष्ट पारे । उनले समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताए ।

उनले आफूहरु विशेष महाधिवेशन गर्नेमा तयारीमा रहेको उल्लेख गर्दै यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्ने बताए । उनले भने, ‘सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ४५ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन