संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ : सभामुख « Khabarhub

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ : सभामुख


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

आज संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै उनले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुने बताए । उनले भने, ‘समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ ।  संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो ।’  

उनले संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्ने भन्दै यसमा सहयोग गर्न आफू तयार रहेको बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नु पर्नेमा जोड दिए ।

उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको भए पनि प्रतिनिधिसभामा गएर अघि बढ्न नसकेको बताए । 

उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताइन् ।

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । जसअनुसार नयाँ नेतृत्वका लागि सविन धमला, तुल्सी सापकोटा, विष्णु खड्का, मनोज सत्यालले दाबी प्रस्तुत गरेका छन् । 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ४७ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा