मोदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट « Khabarhub

मोदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’ का लेखकलाई दिइएको प्रोजेक्ट खोसेको छ ।

रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखक मनोज मुंतासिरका प्रोजेक्ट खोसिएको हो ।

भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांशु त्रिबेदीले यसबारेमा जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘मनोज मुंतासिरजी, तपाईँको मूर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुंतासिरको नाम काटियो ।’

उनले आदिपुरुषमा रामायण, भगवान् रामलगायतको चरित्रलाई अपव्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरूले उनी माथि आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाइएका कारण चल्न पाएको थिएन ।

उनी अगाडी लेख्छन्, ‘यो भगवान् श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान् श्रीरामजीसँग माफी माग्नु होस् ।’

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ११ : ४८ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा