आधुनिक पानी घट्टले फेरियो स्थानीयको दैनिकी « Khabarhub

आधुनिक पानी घट्टले फेरियो स्थानीयको दैनिकी


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

मुगु– वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको बीचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । 

त्यो शान्त वातावरणको बीचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट छ । वरीपरी माटोले छाएको घरको पर्खाल, हरियो जस्तापाताले टलक्क टल्लेको घर । यो दृश्य हो– मुगुको  सोरु गाउँपालिका–७ मा अवस्थित पानीघट्टको । 

बुम्चसिपबासीका लागि घट्ट खाद्यान्न पिस्ने केन्द्र बनेको छ । आधुनिक घट्ट निर्माण भएपछि त्यस गाउँका नागरिकको जीवनमा हर्ष छाएको छ । वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण घट्टमा अन्न पिस्न आउनेको भिड लाग्छ ।

बुम्च गाउँमा पहिले दुईदेखि तीन घण्टा, कहिले त एक दिनको यात्रा गरेर घट्ट जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिकाका बुम्च, धैन, गिँलाहा, तारापानीबासीका नागरिक बुम्चको अहिले घण्टौँ हिँडेर अन्न पिस्न जानुपर्ने बाध्यता हटेको छ । घट्ट नहुँदा तीन घण्टा पैदल हिँडेर अन्त जानुपर्ने बाध्यता हटेको सोरु गाउँपालिका–७, बुम्चकी तारा बिष्टले बताइन् ।

पहिले तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थेँ,’ उनले भनिन्, ‘तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि पालो पाइँदैन थियो। दुईदेखि चार दिन घट्ट कुरेर घट्ट पिसेर घर फर्किन्थे। बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने आफ्ना दिन अहिले फेरिका छन् ।’

तीन चार घण्टाको बाटो हिँडेर गए पनि पालो नपाउने समस्या थियो । घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो। घट्ट पुग्ने बित्तिकै गहुँका बोराले घट्ट भरिभराउ हुन्थे। अगाडि पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले उनी सम्झिन्छन् । तारा जस्तै यहाँका एकसय  घर परिवारका समस्या उस्तै थिए। तर अहिले दिन फेरिएका छन्।

पहिले तीन चार घण्टा हिँड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पुग्न सकिन्छ । घट्ट बनेपछि उनीसँगै धैन, गिँलाहातारापानीका नागरिकका दुःख टरेको छ । २ लाख ४० हजार लागतमा  निर्माण सम्पन्न भएको घट्ट धैन, बुम्च, गिँलाहा, तारापानीका गरी एक सयभन्दा बढि घरधुरीका नागरिक लाभान्वित भएका छन् ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १२ : २६ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा