गठबन्धनको सरकार पाँचै वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

गठबन्धनको सरकार पाँचै वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।” भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउँदै उनले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले थप तीव्रताका साथ अघि बढ्ने बताए । बजेट पास होला कि नहोला भन्ने तरङ्ग रहेको बताउँदै उनले विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको उल्लेख गरे ।

उनले भने, “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।” अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उनले बताए । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताए । “भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, उनले भने ।

पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको बताउँदै उनले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताए । यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने बताउँदै यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गरे । राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी दिए ।

चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनको भनाइ छ । एयर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउँदै उनले चीन जाँदा पनि यो विषयमा छलफल हुने बताए । भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको बताउँदै उनले यो प्रक्रिया अगाडि बढिरहेको र यसले निरन्तरता पाउने उल्लेख गरे ।

पोखरामा हिजो सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उनले बताए । त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको बताउँदै उनले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताए । तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वको रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : ५० बजे

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पश्चिम नवलपरासीको दाउन्नेमा आज साँझ सडक भासिएपछि पूर्व–पश्चिम

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस

काठमाडौं – किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही