एप्पलको बजार मूल्य ३० खर्ब डलर पुग्यो, माइक्रोसफ्टको कति ? « Khabarhub

एप्पलको बजार मूल्य ३० खर्ब डलर पुग्यो, माइक्रोसफ्टको कति ?


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य ३० खर्ब डलर पुगेको छ । वालस्ट्रिटको शेयर बजारमा एप्पल कम्पनीको बजार मूल्य ३ ट्रिलियन अर्थात् ३० खर्ब डलर पुगेको हो ।

शुक्रबार शेयर बजारको नाज्डाक परिसूचकमा एप्पल कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा २.३ प्रतिशतले बढेर १९३.९७ डलर पुगेको वित्तीय मामिलाबारे जानकारी दिने साइट मनिकन्ट्रोलले जनाएको छ ।

लगानीकर्ताको आकर्षण बढेसँगै नाज्डाकमा एप्पलको शेयर मूल्य बढेको बताइएको छ । यसअघि सन् २०२२ को जनवरी ३ का दिन पनि केही समयका लागि एप्पल कम्पनीको बजार मूल्य ३० खर्ब डलर पुगेको थियो । यद्यपि शेयर बजारमा उतारचढावका कारण बजार बन्द हुँदासम्म कम्पनीले उक्त मूल्य कायम राख्न सकेको थिएन ।

अघिल्लो वर्ष एप्पलको सबैभन्दा महत्वपूर्ण उत्पादन आइफोनको बिक्री २७ प्रतिशतले घटेको थियो । यद्यपि केही समयअघि कम्पनीले एप्पल भिजन प्रो नामक उत्पादनलाई बजारमा ल्याएको थियो । त्यसअघि गत मे महिनामा सार्वजनिक प्रतिवेदनमा कम्पनीले त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आम्दानी गरेको पाइएको थियो ।

फोब्र्सका अनुसार एप्पल कम्पनीको मूल्य दोस्रो ठूलो कम्पनी माइक्रोसफ्टभन्दा ५ खर्ब डलरले बढी छ । माइक्रोसफ्टको बजार मूल्य २५ खर्ब डलर रहेको छ । त्यस्तै, तेस्रो स्थानको साउदी अरबको तेल कम्पनी आराम्कोको बजार मूल्य २१ खर्ब डलर छ ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ४ : ५१ बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले