अमेरिकामा अचानक बढे कोरोना संक्रमित « Khabarhub

अमेरिकामा अचानक बढे कोरोना संक्रमित


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) ले फेरि चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकामा कोभिड– १९ का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको जनाएको छ । 

तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई दिएको जानकारी अनुसार लगभग छ सात महिनाको निरन्तर गिरावट पछि फेरि वृद्धि देखिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको