कोशी प्रदेशमा सरकारको दाबी पेश गर्ने समय आज सकिँदै « Khabarhub

कोशी प्रदेशमा सरकारको दाबी पेश गर्ने समय आज सकिँदै


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय आज सकिँदै छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने छ ।

सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ती सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

आज साँझसम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउने छन् । तर, बहुमत जुटाउन भने दलहरुलाई कठिन देखिएको छ ।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्दछ । कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् ।

राप्रपालाई फकाएर सरकार बनाउने प्रयास बिफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने रणनीतिमा छ ।

आज साझसम्म बहुमतको सरकार गठन हुन नसके प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने संभावना पनि रहेको छ ।

गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेस गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ०० बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको