भारतमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १५ जनाको मृत्यु « Khabarhub

भारतमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १५ जनाको मृत्यु


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा पुल निर्माणको क्रममा गर्डर मेसिन खस्दा १५ जना मजदुरको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरुलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । साथै मृतकको शव पनि पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

उक्त भग्नावशेष भित्र केही मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

ठाणे जिल्लाको शाहपुर नजिक समृद्धि एक्सप्रेस राजमार्गमा पुल निर्माणको क्रममा गर्डर मेसिन खसेको थियो । पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फलाम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ । 

मुम्बई र नागपुरलाई जोड्ने ७ सय १ किलोमिटर लामो राजमार्गको तेस्रो चरणको काम भइरहेको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ५९ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद