कुवेतमा ५० नेपाली उद्धारको पर्खाइमा  « Khabarhub

कुवेतमा ५० नेपाली उद्धारको पर्खाइमा 


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि कुवेत पुगेका र अलपत्र परेका ५० नेपाली उद्धारको पर्खाइमा रहेका छन् । काठमाडौँको शान्तिनगरमा रहेको फस्ट ग्रोथ वर्डवाइज इम्पोइमेन्ट सर्भिसेस प्रालि मार्फत कुवेत पुगेका उनीहरु अलपत्र परेका हुन् ।

कुवेतमा भीम क्याटरिङ कम्पनीमा गतवर्ष अक्टुबर १७ तारिखमा वेटरका रुपमा काम गर्न पुगेका उनीहरु अहिले अलपत्र अवस्थामा रहेका छन् । मेनपावर तथा दलाललाई प्रतिव्यक्ति २ देखि ३ लाख बुझाएर राम्रो कमाई हुने प्रलोभनमा उनीहरु त्यहाँ पुगेका हुन् ।

मासिक तलव १२ घन्टाको १ सय २० कुवेती दिराम र हप्तामा १ दिन छुट्टी हुने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेर उनीहरु त्यहाँ पुगेका थिए । पीडितहरूले गतवर्ष अक्टुबर १८ देखि जुलाई ११, २०२३ सम्म काम गरेका थिए ।

यो बीचमा कम्पनीबाट तीन पटक गरेर ओभर टाइम्ससहित १ सय ८० कुवेती दिनारको दरले तलब पाएको र त्यसपछि कम्पनी बन्द हुने स्थिति भएपछि मालिक मोहमद बे कम्पनी छोडेर भागेपछि उनीहरु अलपत्र परेको परोपकारी समाज कुवेतका अध्यक्ष धिरेन सुवेदीले जानकारी दिए ।

उनले भने, ‘५० जना मध्ये ४० जनाको भिसा लागेको रहेछ, १० जनाको भिसा नै नलगाई मालिक भागेपछि अहिले उनीहरु गैरकानुनी रुपमा बसिरहेका छन् ।’

अध्यक्ष सुवेदीले कुवेतस्थित नेपाली दूतावासबाट सुनुवाइ नभएपछि एनसीसी कुवेत र नेपाल परोपकार समाज कुवेतमा उद्धार हुने उनीहरूको अपेक्षा रहेको बताए ।

पीडितहरूको विषयमा समाजले कन्सुलर विभागमा कुरा राखेर दूतावासलाई यथाशीघ्र उद्धारको लागि पहल थाल्न दबाव दिएको जनाएको छ । उनीहरूलाई अहिले तत्कालका लागि बस्ने समस्या नभए पनि ७–८ महिनादेखि भाडा नतिरेका कारण घरधनीले कुनै पनि समय निकाल्ने चेतावनी दिएको बताए ।

नेपाल परोपकार समाज कुवेत, उदयपुर मिलिजुली समाज र ग्लोबल एनआरएनएको संयुक्त पहलमा १ सय केजी चामल, ३० लिटर खाने तेल, २० केजी दाल, तरकारी, चिकेन, नूडल्स, विस्कुट मरमसला लगायत खाद्य सामाग्री वितरण गरेको उनको भनाइ छ ।

यसैबीच, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतका अध्यक्ष रानाध्वज लामाले राहत वितरण गरेर ग्लोबल एनआरएनए कुवेतले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाएका छन् ।

उनले पीडितहरूका समस्याबारे एनआरएनए जानकार रहेको बताउदै दूतावास सँग सहकार्य तथा समन्वय गरेर चार–पाँच दिनमा समस्या समाधान हुने बताए ।

कुवेतमा पछिल्ला केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरू अलपत्र पर्ने क्रम बढेको छ । काठमाडौँको सामाखुसीमा रहेको ओमम मेनपावर मार्फत विगत ८ महिना अघि कुवेत पुगेका १४ जना नेपाली कामदार पनि अलपत्र अवस्थामा छन् ।

यस्तै, काठमाडौँको बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालि कुवेत पुगेका पाँच नेपाली युवा विगत सात महिनादेखि सम्झौता अनुसारको काम नपाउँदा अलपत्र अवस्थामा रहेका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : २५ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज