अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालनमा « Khabarhub

अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालनमा


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङभूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो । 

पहिराले मान्छे पैदल हिँड्ने बाटोसमेत थिएन । प्रहरी र स्थानीयवासीको सहयोगमा तीन दिनपछि अवरुद्ध सडक खुलाउन सफल भइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिए। वर्षाका कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्गसँगै अन्य सहायक मार्गमा पहिरो झरेर समस्या भइरहेको छ । पहिरो जानेबित्तिकै समयमा जेसिबी र ब्रेकर नभेटिँदा तत्काल पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको उनले बताए। 

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार सहिदमार्गमा पहिरो हटाउन सहिदमार्गकै एउटा जेसिबी छ । भूमे गाउँपालिकाको जेसिबी काँडाबगरमा झरेको पहिरो पन्छाउने क्रममा बिग्रिएको छ । मध्यपहाडीको भूमे साइडमा पहिरो हटाउन यती बिल्डर्सले सहयोग गरिरहेको छ । मध्यपहाडी लोकमार्गको काम गरेको कालिका कन्स्ट्रक्सनले भने कहिले जेसिबी बिग्रेको, कहिले ड्राइभर नभएको भन्दै आएकाले काममा ढिलाइ भएको हो । 

सिस्ने गाउँपालिकाको रुकुमकोट–खोपिचार सडकखण्डमा पनि पहिरो झरिरहेको र  पुथा उत्तरगंगा गाउँपालिकाको हुकाममा पनि पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरुले गाडी परिवर्तन गरेर यात्रा गर्दै आएको उनले बताए । काँक्रीबाट रिका लेख हुँदै क्युबाङ जाने बाटोमा पनि वर्षाको भेलका कारण बाटो चिराचिरा परेर यात्रा गर्न कठिन र जोखिम हुँदै आएकोे छ । कतिपय सहायक मार्गहरू भने पहिराका कारण अवरुद्ध नै भइसकेका र  तत्काल खुलाउन सम्भव नभएको स्थानीय तहले बताएका छन् । 

मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिकाको काँडा बगरमा भने एकतर्फी आवागमन भइरहेको छ । साउन १२ गते बिहान ५ बजेतिर झरेको ठूलो पहिराको कारण आवागमनमा समस्या भइरहेको छ । सडकमा झरेको ठूलो ढुंगा फुटाउन सकिएको छैन । जिल्लामा उपलब्ध ब्रेकरले उक्त ढुंगा फुटाउन नसकिएको बताउँदै डिएसपी श्रेष्ठले आज रोल्पाको घर्तिगाउँबाट ठूलो ब्रेकर बोलाइएको र उक्त ब्रेकरले ढुंगा फुटाए आवागमनमा सहज हुने बताए । पहिराका कारण जिल्लास्थित विभिन्न विद्यालयहरूमा पनि क्षति पुगेको प्रहरीले बताएको छ । 

    रातिको समयमा यात्रा नगर्न अनुरोध 

जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले रातिको समयमा यात्रा नगर्न यात्रुहरूलाई अनुरोध गरेको छ । जिल्लास्थित मध्यपहाडी (पुष्पलाल) राजमार्ग, सहिदमार्ग एवम् अन्य सहायक मार्गमा कमजोर भूबनोट, भारी वर्षालगायत कारण पहिरो एवम् सुक्खा पहिरो जाने क्रम चलिरहेको छ । यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रातिको समयमा यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो ।

रातिको समयमा यात्रा गर्नुपरेमा नजिकको सुरक्षा निकायलाई जानकारी गराएर मात्र यात्रा गर्न सूचनामा उल्लेख गरिएको छ । साथै जिल्लाभित्र कुनै पनि प्रकारको विपद्जन्य घटना-दुर्घटना भएको जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गरिएको छ । साथै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं १०० वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रुकुम (पूर्व) को नं ९७४६९३०९४० मा फोन गरेर जानकारी गराउन सूचनामार्फत आग्रह गरिएको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : १४ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट