कोशी प्रदेश : मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने | Khabarhub Khabarhub

कोशी प्रदेश : मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेको आह्वानको समय सीमा आज समाप्त हुँदैछ ।

उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गरेकामा आज अपराह्न ५ सो समय समाप्त हुँदैछ । उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन् ।

गठबन्धन इतरतर्फ नेकपा (एमाले)का ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् । कूल ९३सदस्यमा बहुमत पुर्‍याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए ।

उनले हाम्रो गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताए ।

प्रदेश प्रमुखको कार्यालयबाट भएको आह्वानमा २०८० साल असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतमा दायर उत्प्रेषणसहितको परमादेशको रिट निवेदनउपर साउन ११ को सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको हुँदा २०८० साल साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यहरूलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नू भन्ने परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : १२ बजे

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४

लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने

काठमाडौं – पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे र्‍याफ्टिङ, एयरलाइन्स

ट्राफिकको यान्त्रिक चेकिङ्गमा ५३ जना चालकमाथि कारबाही

भक्तपुर – भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक