शरणार्थी शिविरमा झडप, एघार जनाको मृत्यु « Khabarhub

शरणार्थी शिविरमा झडप, एघार जनाको मृत्यु


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेरुत– दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो प्यालेस्टिनी शरणार्थी शिविर इन अल-हिल्वेहमा एउटा प्यालेस्टिनी गिरोह जन्द अल-शाम सङ्गठनले शनिबार फताह गुटका एक जना वरिष्ठ सदस्य र उनका चार अङ्गरक्षकको हत्या गरेको छ । 

जन्द अल-शाम र फताह नामक इस्लामवादी सङ्गठनबीचको द्वन्द्वले आइन अल-हिल्वेहमा तनाव बढेको शिविर नजिकैको एक निजी अस्पतालका प्रशासक रियाद अबो एलेइनले बताएका छन् । शिविर भित्रबाट गोलाबारीको आवाज आएन बन्द भएको छैन । 

प्यालेस्टाइनको राष्ट्रिय एकतातर्फ अघि बढ्ने प्रयासमा फताह र हमास जस्ता प्यालेस्टाइनका विरोधी सङ्गठनहरू इजिप्टमा मेलमिलाप वार्ताका लागि भेला भए पनि गाजा क्षेत्रमा शासन गर्ने इस्लामवादी संगठन हमासले सन् २००७ मा प्यालेस्टिनी प्राधिकरणबाट तटीय क्षेत्र कब्जा गरेदेखि हिंसात्मक झडप रोकिएका छैनन् ।

सन् २०१७ मा प्रतिद्वन्द्वी गुटहरूबीचको द्वन्द्व रोक्न धेरै प्रयास भए पनि फताह र इस्लामवादी समूहहरू बीच धेरै महिनादेखि निरन्तर लडाइँ भयो भने त्यसमा परी २० जनाले ज्यान नगुमाउनका साथै दर्जनौँ घाइते भएका थिए । प्यालेस्टिनी समूहले नै शिविरको सुरक्षा गर्ने भएकाले त्यहाँ लेवनानका सुरक्षाकर्मीको कुनै भूमिका हुँदैन । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : २८ बजे

बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकले लगाए भाइटीका

तनहुँ – पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ चिनियाँ पर्यटकले

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते

सुनसरी – इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा

भाइटीकामा दुई हजार पाँच सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ – सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र

फिनल्यान्डसँग सहकार्य विस्तार गर्ने विषयमा परराष्ट्रमन्त्रीको छलफल

अन्ताल्या – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका

कास्की – नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी