नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने « Khabarhub

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा भएको बैठकपछि नाउपा सुदूरपश्चिम सरकारमा जान तयार भएको हो। 

छलफलमा नागरिक उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन् । नाउपा बिहीबार सुदूरपश्चिम सरकारमा सहभागी हुने  पार्टीका संरक्षक रेशमलाल चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नाउपाकी अध्यक्ष एवम् संघीय सरकारकी भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले बालुवाटार बैठकमा सहमति भएको बताउँदै आगामी बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिइन्। उनका अनुसार सुदूरपश्चिम सरकारमा नाउपाले १ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : ५४ बजे

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध