आईसीसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए « Khabarhub

आईसीसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ ।

मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ । 

एशिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासँगै भुटान, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यसैगरी समूह ‘बी’ मा कुवेत, चीन, हङकङ, म्यान्मार र थाइल्याण्ड छन् । आ-आफनो समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइनल खेल्नेछन् ।  

फाइनल पुग्ने दुई राष्ट्रले भने बंगलादेशमा सन् २०२४ मा आयोजना हुने महिला विश्वकप प्रतियोगितामा स्थान पक्का गर्नेछन् । नेपाली टोलीका लागि छनोट हुनेमा नेपाली टोलीकी कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का छन् ।

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुवि पोडार पनि छनोटमा परेका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  २ : २९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही