महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु « Khabarhub

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

थाने– महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । 

थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका तथा अन्य तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले बताए । दुर्घटना गएराति साढे एक बजे भएको हो । 

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाको जाँचबुझ गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई राहतस्वरुप रु पाँच लाख प्रदान गर्ने घोषणा गरेका छन् । स्वट्जरल्याण्डको एउटा कम्पनीले द्रुतमार्ग निर्माण गरिरहेको छ । 

दुर्घटनास्थलमा राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयका कर्मचारी खोज तथा उद्धारमा जुटेका छन् । दुर्घटनाका बेला त्यहाँ ३० जना मजदूर काम गरिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । तीव्र गतिमा भग्नावशेष पञ्छाउने र हराएकाको खोजी भइरहकेको छ । 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतकका परिवारजनमा समवेदना एवम् सहानुभूति व्यक्त गरेका छन् । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री सहायता कोषबाट मृतकका परिवारलाई जनही रु दुई लाख अनुदान सहयोग उपलव्ध गराउने तथा प्रत्येक घाइतेलाई रु ५० हजा प्रदान गर्ने घोषणा पनि गरेका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया