झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक | Khabarhub Khabarhub

झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९-८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात  सम्बन्धविच्छेदका मुद्दा थिए । 

सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फछर्यौट भएको जिल्ला अदालतका स्रेस्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फछर्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् । 

जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका स्रेस्तेदार बस्नेतले बताए । आर्थिक वर्ष २०७८-८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए । सो अवधिमा कूल छ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।

आव २०७९-८० मा लागू औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका स्रेस्तेदार बस्नेतले जानकारी दिए । 

यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्यांक छ । आव २०७९-८० मा बलात्कार (करणी) सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए । अदालतको तथ्यांक अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन् । 

चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ५ : ११ बजे

आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज नेपालमा, नामिबिया र नेदरल्यान्ड्स आउने

काठमाडौं- आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा

जनमत पार्टीको सङ्गठन विस्तार र अधिवेशनको कार्यक्रम आजदेखि सुरु

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सङ्गठन विस्तार तथा

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको

झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा- झापामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध अदातलले बोलायो दुबै पक्षलाई छलफलमा

काठमाडौं – उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी