झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक « Khabarhub

झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

झापा– झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९-८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात  सम्बन्धविच्छेदका मुद्दा थिए । 

सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फछर्यौट भएको जिल्ला अदालतका स्रेस्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फछर्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् । 

जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका स्रेस्तेदार बस्नेतले बताए । आर्थिक वर्ष २०७८-८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए । सो अवधिमा कूल छ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।

आव २०७९-८० मा लागू औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका स्रेस्तेदार बस्नेतले जानकारी दिए । 

यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्यांक छ । आव २०७९-८० मा बलात्कार (करणी) सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए । अदालतको तथ्यांक अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन् । 

चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ५ : ११ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)