सधैँ मागेर निर्वाह हुँदैन‍ : पाकिस्तानी सेना प्रमुख « Khabarhub

सधैँ मागेर निर्वाह हुँदैन‍ : पाकिस्तानी सेना प्रमुख


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले सधै मागेर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् । उनले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको पनि बताएका छन् ।

पाकिस्तानको सर्वकालीन मित्र मानिने चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाइ सार्वजनिक भएको हो । पाकिस्तानले हालै अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट पनि केही ऋण प्राप्तिको सुनिश्चितता गरेको छ ।

सोमबार खानीवाल मोडल कृषि फार्मको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाकिस्तानका सेना प्रमुख मुनिरले पाकिस्तानीहरू देशको गर्व, जोश र जाँगर भएका प्रतिभाशाली नागरिकको देश रहेको र अब आफूहरुले ‘भिखारीको कचौरा फालेर’ आत्मनिर्भर हुनैपर्ने उल्लेख गरे । सहयोग मागेरमात्र निर्वाह नहुनेमा जोड दिँदै उनले भिक्षा माग्ने कचौरा फाल्नुपर्ने बताएका हुन् ।

सुरक्षा र अर्थतन्त्र एकअर्कासँग गाँसिएका र अपरिहार्य रहेका उल्लेख गर्दै उनले ईश्वरको आशीर्वाद पाएको पाकिस्तानलाई संसारको कुनै पनि शक्तिले प्रगति गर्नबाट रोक्न नसक्ने बताए । साना किसान लाभान्वित हुने गरी हरित क्रान्तिसँगै कृषि क्रान्ति अपरिहार्य भएको उनको भनाइ छ ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हालै दिएको जानकारीअनुसार चीनबाट पाकिस्तानले ६० अर्ब अमेरिकी डलर अतिरिक्त ऋण प्राप्त गर्दैछ । आईएमएफबाट पनि पर्याप्त रकम ऋणस्वरुप प्राप्त हुँदैछ ।

नौ महिनामा सुधारका समग्र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने शर्तका साथ तीन अर्ब अमेरिकी डलरको प्याकेज उक्त वित्तीय संस्थाबाट प्राप्त हुँदैछ ।

यो वर्षको जुलाईसम्ममा पाकिस्तान सरकारको ऋण २ अर्ब ४४ करोड अमेरिकी डलर पुगेको छ भने चीनसँगको ऋण २.०७ अर्ब अमेरिकी डलर पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ५५ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध