धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको मृत्यु भएको हो । सोही महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शङ्खर तामाङले सामान्य विवादका कारण कुटपिट गर्दा गम्भीर घाइते भएका परियारको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरले ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले अभियुक्त तामाङलाई पक्राउ गरेको कार्कीले बताए । यसैबीच काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै थप उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

कुटपिट भएको जानकारी हुनासाथ प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले अभियुक्त बोहरालाई पक्राउ गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : ०४ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान