पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी « Khabarhub

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- इस्लामिक स्टेट आईएसले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ ।

खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको मृत्यु भएको थियो । करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको स्थानमा एक जना आत्मघाती आक्रमणकारीले आफूले लगाएको बारुदको ज्याकेट विष्फोट गराएको थियो ।

सोमबार एक विज्ञप्ति निकालेर आईएसले आक्रमणको जिम्मेवारी लिएको हो । उक्त समूहले धार्मिक नेताहरूलाई आक्रमणको निशान बनाउने चेतावनी दिँदै आएको थियो । गत जनवरीमा पेशावरको प्रहरी परिसरमा भएको यस्तै प्रकृतिको आत्मघाती हमलामा ८० जना प्रहरी अधिकृतका ज्यान गएको थियो ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता छिमेकी पाकिस्तानमा हिंसाका घटना बढेका छन् । इस्लामावाले त्यसमा काबुलको संलग्नता रहेको आरोप लगाएको छभने अफगानिस्तानले त्यसको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : ०८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल