पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी « Khabarhub

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- इस्लामिक स्टेट आईएसले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ ।

खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति ५४ जनाको मृत्यु भएको थियो । करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको स्थानमा एक जना आत्मघाती आक्रमणकारीले आफूले लगाएको बारुदको ज्याकेट विष्फोट गराएको थियो ।

सोमबार एक विज्ञप्ति निकालेर आईएसले आक्रमणको जिम्मेवारी लिएको हो । उक्त समूहले धार्मिक नेताहरूलाई आक्रमणको निशान बनाउने चेतावनी दिँदै आएको थियो । गत जनवरीमा पेशावरको प्रहरी परिसरमा भएको यस्तै प्रकृतिको आत्मघाती हमलामा ८० जना प्रहरी अधिकृतका ज्यान गएको थियो ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता छिमेकी पाकिस्तानमा हिंसाका घटना बढेका छन् । इस्लामावाले त्यसमा काबुलको संलग्नता रहेको आरोप लगाएको छभने अफगानिस्तानले त्यसको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : ०८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल