संसद् नियमित सञ्चालन हुनुपर्छ : रवि लामिछाने « Khabarhub

संसद् नियमित सञ्चालन हुनुपर्छ : रवि लामिछाने


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नियमित सञ्चालन हुनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकाश ननिस्कने बताए ।

उनले भने, “पछिल्ला घटनाका विषयमा संसद्मा प्रर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्त बुझ्दो नभए निकास खोज्नुपर्छ ।” उनले सुन प्रकरणका विषयमा आवश्यकताका आधारमा उच्चस्तरीय छानबिन समिति र संसदीय समिति बनाउन सकिने बताए। रास्वपाले संसद्को बैठकमार्फत सरकारलाई प्रश्न गर्न चाहेको भन्दै उहाँले सबै कुरा संसद्मै छलफल हुनुपर्ने धारणा राखे।

सुन काण्डमा मिलेमतो देखिए पनि कोकस्को मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ । सरकारका काम सुरुआतमा राम्रो भएको तर गतिविधिमा शङ्का उत्पन्न भएको भन्दै उनले मन्थन गर्ने, प्रश्न र जवाफ माग्ने र टेबल ठोक्ने ठाँउ संसद् मात्रै भएको बताए । सभापति लामिछानेले संसद्मा महत्त्वपूर्ण ऐनहरु अड्केर बसेको भन्दै जनजीविकाका सवालमा संसद्बाट महत्त्वपूर्ण निर्णय गर्नुपर्ने आवश्यकता रहेको बताए ।

चितवन–२ का सांसदसमेत रहनुभएका लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा भोलि चितवनमा विशेष प्याकेजका कार्यक्रमको घोषणा हुने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै मोडलको रुपमा विकास गर्न लागेको भन्दै नागरिकलाई राहत दिने योजना ल्याइने जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : २५ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न