प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ? « Khabarhub

प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ?


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा भएको कुरा हो कि प्याज काट्दा आँसु आउँछ । यसलाई हामीले स्वभाविक मानिरहेका हुन्छौँ ।

तर के कारणले आउँछ त प्याज काट्दा आँसु ? सायद यसको कारण धेरैलाई थाहा नहुन सक्छ । आज हामी यसैका बारेमा बताउने छौँ ।

प्याजमा एमिनो एसिड र सल्फेरिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । फलस्वरूप सल्फर एसिड आँखामा पुग्दा आँखा पोल्छ र आँसु आउँछ ।

प्याजको रागले आँखा एकछिन पोल्छ । तर, त्यसले भित्री असर भने नगर्ने चिकित्सकहरू बताउँछन्‌ ।  धेरै नै प्याज काट्नुपर्‍यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ ।  आँखा धेरै नै पोल्यो र रातो भयो भने नमिचि सफा पानीले धुनुपर्छ ।

कतिपय अवस्थामा त प्याज काट्दा यति पोल्छ कि पछि केही समय हेर्न नै सकिँदैन त्यसैले यस्ता उपायहरू अपनाउनुहोस् । जसले गर्ला जति प्याज काटे पनि आँसु आउँदैन । प्याज काट्नु भन्दा केहीबेर अघि नै फ्रिजमा राख्नु भयो भने पनि आँसु आउँदैन । यस्तै, छेउमा मैनबत्ती बालेर प्याज काट्दा पनि आँसु आउँदैन ।

काट्नुभन्दा अगाडि प्याजलाई पानीमा ३ मिनेटजति डुबाउँदा प्याजमा भएको केमिकल कम हुन्छ र आँसु आउँदैन । प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन । प्याज काट्दा छेउछाउमा पंखा नचलाउने र चस्मा लगाएर काट्दा पनि आँसु आउँदैन ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : २१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र