त्रिदिवसीय ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’ सुरु « Khabarhub

त्रिदिवसीय ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’ सुरु


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर– यशस्वी प्रज्ञा–प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरस्थित हिमालय होटलमा सुरु भएको छ । भदौ १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले साउथ एसियामा संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘यो महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रा लागि सुखद पक्ष हो, काठमाडौँसँग बनारसको संस्कृति, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरुक्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ, किनकि हामी संस्कृति र भाषाका कारण एकअर्कासँग जोडिएका छौँ, हाम्रो समानता संस्कृत भाषा हो ।’

उनले विभिन्न देशबाट नेपाल आएका साहित्यकारलाई यहाँको संस्कृति र सुन्दरतासँग रमाउन आग्रह गरे । काठमाडौँ केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा–प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उनले भने, ‘यो महोत्सव दक्षिण एशियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो । पहिलो संस्करण झैँ दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण र विश्वकै सोचको केन्द्रका रूपमा नेपालको यात्रालाई प्रतिबिम्बित गर्ने विषयवस्तुका बारेमा छलफल गर्नेछौँ ।’

उनले मन र मस्तिष्क खोलेर साहित्यमा हराउन आग्रह गर्दै प्रेरणा, प्रज्ञा र उत्सुकताले भरिएको तीनदिने महोत्सव स्मरणीय हुने विश्वास व्यक्त गरे । उद्घाटन समारोहमा ‘यशस्वी साहित्य सम्मान’ बाट प्राध्यापक अवधेश प्रधान, अभिनेत्री तथा लेखिका दिव्या दत्ता, प्राध्यापक माधवप्रसाद पोखरेल र अभिनेत्री मनिषा कोइरालालाई सम्मानको घोषणा गरिएको थियो । अभिनेत्री कोइराला भने कार्यक्रममा अनुपस्थित थिए। 

यसै वर्षबाट सुरु गरिएको ‘यशस्वी पुस्तक पुरस्कार’ बाट आख्यानतर्फ लेखक विवेक ओझा (ऐँठन), सिर्जनात्मक गैर आख्यानतर्फ डाक्टर नवराज केसी (शुन्यको मूल्य), कथातर्फ रेनुका जिसी (सनेश), कवितातर्फ डाक्टर महेद्र मल्ल (भाषाको बकपत्र), जीवनीतर्फ गोविन्द गिरी ‘प्रेरणा’ (सुश्री पारिजात), बाल साहित्यतर्फ अनुराधा (छमछमको छमछमी), अनुवादतर्फ रिमा केसी (अमृता प्रितमका छानिएका कविता), खाद्य तथा औषधितर्फ नारायण घिमिरे (रैथाने खानपान र चाडपर्व), आत्मकथातर्फ लाक्पा डेन्डी शेर्पा (हिमालय म्याभरिक), अङ्ग्रेजी कवितातर्फ सुशान्त थापा (मिन्स अफ मेरिड) लाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रमको उद्घाटन समारोहमा केएलएफका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान कुलपति निशा शर्मा, प्राध्यापक माधवप्रसाद पोखरेल, डाक्टर विवेक देवरोयलगायत उपस्थित थिए । यस महोत्सवमा नेपालसहित भारत, भूटान, बङ्गलादेश र श्रीलंकाका लेखक तथा कलाकार भेला भएका छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १ : ५७ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले