गिद्ध संरक्षण सप्ताहका अवसरमा सौराहामा सरसफाइ « Khabarhub

गिद्ध संरक्षण सप्ताहका अवसरमा सौराहामा सरसफाइ


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा सरसफाइ गरिएको हो ।

संकटापन्न अवस्थामा पुगेको गिद्ध संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको आयोजना तथा वर्ड एजुकेशन सोसाइटी, नेचर गाइड एशोसियसन र सौराहा लेडी जेसीजको सह-आयोजनामा कार्यक्रम गरिएको हो । शनिबार स्कुलका विद्यार्थीलाई कुमरोज सामुदायिक वनमा घुमाएर गिद्धसहितका चराको अवलोकन र महत्वका बारेमा जानकारी गराइँदैछ ।

सरसफाइ कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको थियो । उनले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुस्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।  

कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीले नेपालमा गिद्ध संकटापन्न अवस्थामा रहेको जनाउँदै चितवनमा यसको प्रजनन् हुन छाडेको बताए । जाडो महिनामा अन्तबाट गिद्ध चितवन आउँछन् । तर चितवनमा गिद्ध छैन । 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, नेपाली सेनाका गुल्मपति हरि तिवारी, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिलकुमार गुरुङ, बाघमारा वनका अध्यक्ष जितु तामाङ, चित्रसेन वनकी सचिव रिता थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना