नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो « Khabarhub

नोवेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

स्टकहोम– नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ । 

युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन । बेलारुस रुसको प्रमुख सहयोगी हो भने उक्त देशका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले रुसको विशेष सैन्य कारवाहीलाई समर्थन गरेका छन् । 

तेहरानले लामो समयदेखि आफ्नो मानवअधिकारको अवस्थालाई लिएर अन्तरराष्ट्रिय जगत्बाट आलोचनाको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घले त्यहाँको सरकारले गत वर्षको विरोध प्रदर्शनमा मानवता विरुद्धको अपराध गरेको हुन सक्ने बताएको छ

 प्रत्येक वर्ष स्विडेनको राजधानी स्टकहोममा नोबेल पुरस्कारका  छ वटामध्ये पाँच वटा समारोह स्टकहोममा आयोजना हुने गरेका छन भने नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ । 

फाउन्डेसनले नोबेल पुरस्कारको मूल्य–मान्यता नमान्नेहरूलाई पनि समावेश गर्न खोजेको जनाएको छ । अध्यागमन विरोधी स्विडेन डेमोक्र्याट पार्टीका नेता जिमी अक्सनलाई पनि यस वर्ष पहिलो पटक आमन्त्रित गरिएको तर उनले आफू त्यहाँ उपस्थित नहुने बताएका छन् । 

फाउन्डेसनका कार्यकारी निर्देशक विदार हेल्गेसनले विश्वमा विभाजन बढ्दै गएको तथा क्षेत्रहरूमा विभाजित भइरहेको छ, जहाँ फरक विचारधारा भएकाहरूबीच संवाद पनि कम हुँदै गएकाले सबैलाई समेट्ने प्रयास गरिएको बताएका छन् । 

‘यो प्रवृत्तिलाई रोक्न हामीले नोबेल पुरस्कारसँग स्वतन्त्र विज्ञान, स्वतन्त्र संस्कृति र स्वतन्त्र एवं शान्त समाजको महत्वलाई बुझाउन निमन्त्रणाको दायरालाई फराक पारेका छौँ,’ हेल्गेसनले भनेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ३० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना