नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क « Khabarhub

नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि दक्षिण कोरियाका राजदूत ताय-योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आफूहरू तयार रहेको बताएका छन् । 

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोरियाली पर्यटकको खानपिन, सुरक्षा र उद्धारसम्बन्धी आज यहाँ आयोजित एक दिवसीय तालिमका अवसरमा उनले नेपालमा कोरियाबाट पर्यटक ल्याउनका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताए । 

‘आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरुको सङ्ख्या अझै बढ्ने विश्वास लिएको छु । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्र्याउनका लागि सहकार्य र सहयोग गर्न तयार छौँ’, उनले भने । 

सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ । कोरियामा बिदाको समयमा साना-साना पहाड तिर पदयात्रामा जाने चलन बढ्दो रहेको भन्दै राजदूत पार्कले भने, ‘नेपालमा पदयात्राका लागि पदमार्गहरु धेरै भएकाले पनि कोरियन पर्यटकहरू नेपालमा बढ्ने विश्वास लिएको छु ।’ यसका लागि कोटानसँग सहकार्य र सहयोग रहने उनको भनाइ छ । 

कोटानका अध्यक्ष अमरबहादुर शाहीले सङ्घमा आबद्ध ट्राभल र ट्रेकिङ कम्पनीका कर्मचारीलाई कोरियन पर्यटकहरूलाई कसरी स्वस्थकर खानपिनको व्यवस्था गर्ने र पदयात्रामा जाँदा हुनसक्ने सम्भावित समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा तालिमको आयोजना गरिएको जानकारी दिएका छन् । 

‘नेपालको पर्यटकको प्रमुख स्रोत मुलुकमध्ये दक्षिण कोरिया पनि एक हो, उक्त देशबाट आउने पर्यटकहरूलाई स्तरीय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो’, उनले भने ।     

कोरियन पर्यटकलाई नेपालमा सेवा दिन नेपालस्थित ट्रेकिङ एण्ड ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एकसयभन्दा बढी तालिममा सहभागी छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ४८ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद