पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा « Khabarhub

पोप फ्रान्सिस मङ्गोलिया भ्रमणमा


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उलानबटार– पोप फ्रान्सिस चीन र रुसबीचको भूपरिवेष्टित विशाल एसियाली राष्ट्रको भ्रमणमा शुक्रबार मङ्गोलियाको राजधानी उलानबटार आइपुगेका छन्  ।

 बौद्धमार्गीको बाहुल्य रहेको मङ्गोलियाको यो उनको पहिलो औपचारिक भ्रमण हो । छयासी वर्षीय पोपको चारदिने मङ्गोलिया भ्रमण यो देशमा रहेका करिब एक हजार चार सय क्याथोलिक समुदायका लागि समर्थन जुटाउन अधिकतम उपयोग हुने बताइएको छ । 

अर्जेन्टिनाका नागरिक पोप बिहीबार रोमबाट मङ्गोलियाको राजधानी उलानबाटारको लागि प्रस्थान गरेका थिए । नौ घण्टाको विमान यात्रा पूरा गरेपछि उलानबटार विमानस्थलमा अवतरण गरेका उनलाई विदेशमन्त्री बाटमुन्ख बत्तसेसेगले स्वागत गरेका थिए ।

विमान उडेको केही बेरमा आफूसँगै रहेका पत्रकारहरूसँग मङ्गोलियाको विशाल भूभाग तर कम जनसङ्ख्या भएको देशबारे अनुमान गर्न सकिने बताउँदै कूटनीति भने  गाह्रो कर्म भएको उल्लेख गरे । कहिलेकाँही कूटनीतिमा हास्यको भावना पनि चाहिने उनले बताए । 

चिनियाँ हवाई क्षेत्र पार गरेर मङ्गोलिया आएका पोपले चिनियाँ राष्ट्रपति सी चीनफिङलाई टेलिग्राम सन्देश पठाएर अभिवादनसहित उनीप्रति शुभकामना व्यक्त गरेका छन् । चीनको हित, शान्ति र एकताका लागि ईश्वरीय आशीर्वादको प्रार्थना गरेको उल्लेख गरेका छन् ।

गत सेप्टेम्बरमा कजाकिस्तानको भ्रमणपछि पोप फ्रान्सिसको यस क्षेत्रमा  भएको यो दोस्रो भ्रमणको भूराजनीतिक एवम् रणनीतिक महत्व छ । यो भ्रमणलाई मङ्गोलियाको कमजोर लोकतन्त्रलाई सुदृढ तुल्याउन प्रोत्साहन गर्ने र गिर्जाघरलाई देशका विभिन्न भागमा सहज प्रवेश गर्न सघाउने विश्वास गरिएको छ ।  

मध्य एसियाप्रतिको होली सी दृष्टिकोण तथा रूस र चीनसँगको सहकार्यलाई निरन्तरता दिने नीतिका रुपमा बुझ्न क्याथोलिक धर्मका विद्वान् मिशेल च्याम्बोनले एएफपीलाई बताएका छन् ।  

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ५८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना