सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा छौँ : मन्त्री आचार्य « Khabarhub

सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा छौँ : मन्त्री आचार्य


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक सेवा ऐन परिवर्तन गर्ने तयारीमा रहेको बताएका छन् ।

शुक्रबार लोकतान्त्रिक गैरसरकारी संस्थाहरुको महासंघ–नेपालले काठमाडौंमा आयोजना गरेको देश विकासमा नागरिक संस्थाहरूको संघीयकरण, भूमिका तथा चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आचार्यले करिव ६ वर्षदेखि उक्त ऐन अलपत्र परेको भन्दै आफूले नयाँ सामाजिक सेवा ऐन निर्माणका लागि पहल गरेको बताएका हुन् ।

उनले गैरसरकारी संस्थाहरूलाई पारदर्शी बनाउनका लागि सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरे । मन्त्री आचार्यले समाज कल्याण परिषद्को स्थापन भएयता विभिन्न संस्थाहरुमार्फत गाँउ गाँउमा खरबाैँ रुपैयाँका कार्यक्रम भएपनि त्यसको उपलब्धि भने देखिन नसकेको उल्लेख गरे ।

 पहुँचका भरमा बिभिन्न संस्थाहरूले मन्त्रालयमार्फत लिएर जाने बजेटलाई नयाँ नियम बनाएर सिधै स्थानीय तहका पठाउने व्यवस्था आफूले गरेको उनले बताए ।

उनले गैरसरकारी संस्थाहरूको समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको र गैरसरकारी संस्थाहरूले जनताको आवश्यकता अनुसारको काम गरेर मुलुकको विकासमा साथ दिनुपर्ने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : ४५ बजे

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १