एसपीए क्याम्पस प्रमुख गौतम सम्मानित | Khabarhub Khabarhub

एसपीए क्याम्पस प्रमुख गौतम सम्मानित


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी– एसपीए कलेजका क्याम्पस प्रमुख योगराज गौतम जय पृथ्वीबहादुर सिंह राष्ट्रिय शिक्षा सम्मानऔ२०८० बाट सम्मानित भएका छन्। 

सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएबापत कैलाली जनपुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरेको हो। 

प्रदेश प्रमुख  माननीय देवराज जोशीले शुक्रबार जनपुस्तकालयमा आयोजित एक समारोहमा उनलाई सम्मान प्रदान गरे। काठमाडौंमा झण्डै दुई दशक विभिन्न कलेजहरूको नेतृत्व गरेका गौतम विगत दुई वर्षदेखि एसपीए कलेजको क्याम्पस प्रमुखका रुपमा छन्। उनी आएपछि कलेजमा थुप्रै परिवर्तनहरू भएका छन्। 

गौतम क्याम्पस प्रमुख भएर आएपछि एसपीए कलेजको भौतिक र शैक्षिक अवस्थामा ठूलो परिवर्तन देखिएको छ।  उनले कलेजको वातावरणलाई मनमोहक बनाउँन स्वच्छ, हराभरा वातावरण, चिटिक्क बगैंचा, थरिथरिका फुल, झरनाबाट बग्ने कलकल पानीको सुमधुर आवाज, महान व्यक्तिहरुका प्रेरक भनाइहरू, विद्यार्थीहरू बस्दै छलफल गर्न मिल्ने स्थानहरुहरुको निर्माण गर्दै प्रशंसा बटुलेका थिए। 

बिहान साढे ५ बजे नै कलेज पुग्ने उनी राति अबेरसम्म पनि कलेज कै काममा व्यस्त रहन्छन्। आफैँ झाडु लगाउँछन्, आफै बोटविरुवा फुलहरुमा पानी हाल्छन्। विद्यार्थीहरूसँग भलाकुसारी गर्छन्।

गौतम क्याम्पस प्रमुख भएर आएपछि क्याम्पसको प्रशासनिक काम पनि चुस्त बनेको छ। एउटै कामका लागि विद्यार्थीहरु विभिन्न स्थानमा धाइरहनु बाध्यताको अन्त्य गर्दै उनले गेटमै एकिकृत प्रशासनिक भवन निर्माण गर्न लगाई रिसेप्सन, सुचना, आइटी, मानव संशाधन, परीक्षा, भर्ना, फाराम बुझाउँने, दिने, खेलकुद विभागलगायतको सेवा एकै छानामुनिबाट दिने व्यवस्था मिलाएका छन्।

यस्तै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि कलेजमा उनले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउने व्यवस्था मिलाएका छन्। उनको पहलमा कलेजमा अष्ट्रेलिया, फ्रान्स, दक्षिण अफ्रिका, बेल्जियम, बेलायतलगायत देशहरूबाट प्राध्यापकहरू आएर भाषा, संस्कृति, रहनसहन, व्यवहारिक तथा व्यवसायिक थुप्रै कुराहरू विद्यार्थीहरूलाई दिलाएका छन्। 

उनी आएपछि शैक्षिक क्षेत्रमा पनि एसपीएले राम्रो प्रगति हासिल गरेको छ। लगातार तेस्रो वर्ष कलेजले देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाएको छ। विद्यार्थीहरू टीयू र सुदूरपश्चिम टप निस्किएका छन्। कम्पनीहरू कलेजमै आएर विद्यार्थीलाई रोजगारी दिने अवस्था सृजना भएको छ। 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ०२ बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत